काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । शुक्रबार गरिएको परीक्षणका क्रममा उनलाई सङ्क्रमण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बसेर स्वास्थ्यलाभ लिइरहेको जनाइएको छ ।