काठमाडौं । यस साता सेयर बजार परिसूचक एक हजार नौ सय ९२ दशमलव ६१ विन्दुमा कायम रहेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७९ दशमलव ८८ विन्दुुमा सीमित भएको छ ।
यस साता धितोपत्र बजारमा दुुई सय ३४ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ५९ हजार सात सय ३० पटकको कारोबारमा तीन करोड ९८ लाख ६० हजार पाँच सय ६० कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १४ अर्ब ९५ करोड १५ लाख ३२ हजार नौ सय २६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै चार अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख १६ हजार दुई सय ८५ पटकको कारोबारमा तीन करोड तीन लाख ४६ हजार तीन सय ७९ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १० अर्ब ६४ करोड ८५ लाख ४१ हजार सात सय ९३ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष छ कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो र तेस्रो कारोबार सेयर बजार परिसूचक उकालो लागेको थियो भने बाँकी दिनहरूमा ओरालो लागेको थियो ।
पहिलो कारोबार दिन बजार परिसूचक ५७ दशमलव ६५ अंकले उकालो लागेर दुई हजार ८६ दशमलव ४२ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव २१ अंंकले उकालो लागेर तीन सय ९८ दशमलव ८२ विन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक नौ दशमलव ७५ अंकले ओरालो लागेर दुई हजार ७६ दशमलव ६७ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८९ अंंकले ओरालो लागेर तीन सय ९५ दशमलव ९४ विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन पनि बजार परिसूचक ४६ दशमलव आठ अंकले ओरालो लागेर दुई हजार ३० दशमलव ५९ विन्दुुमा झरेकोमा सेन्सिटिभ पनि आठ दशमलव ७१ अंंकले ओरालो लागेर तीन सय ८७ दशमलव २३ विन्दुमा झरेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक पुनः १३ दशमलव ३३ अंकले उकालो लागेर दुई हजार ४३ दशमलव ९२ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंंकले उकालो लागेर तीन सय ८८ दशमलव ९१ विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक १६ दशमलव छ अंकले ओरालो लागेर दुई हजार २७ दशमलव ३२ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४२ अंंकले ओरालो लागेर तीन सय ८५ दशमलव ४९ विन्दुमा झरेको थियो । छैटौँ कारोबार दिन पनि बजार परिसूचक ३४ दशमलव ७१ अंकले ओरालो लागेर एक हजार नौ सय ९२ दशमलव ६१ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६१ अंंकले ओरालो लागेर तीन सय ७९ दशमलव ८८ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।