काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार हात्तीसारमा सञ्चालित कार्यक्रममा बीमा समितिका उपनिर्देशक हृदय पण्डितको प्रशिक्षणमा सो कार्यक्रम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।