काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धि गर्ने भएको छ । पुँजी वृद्धिसम्बन्धी प्रस्ताव कम्पनीको यही असार २९ गते हुने १७औँ वार्षिक साधारणसभाले पारित गर्ने जानकारी कम्पनीले दिएको छ ।
काठमाडौंको अमृतभोग पार्टी प्यालेसमा हुने उक्त साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको अधिकृत पुँजी एक अर्ब २५ करोड रुपैयाँलाई वृद्धि गरी तीन अर्ब रुपैयाँ पु-याउने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यीबाहेक हाल कायमक रहेको चुक्ता पुँजी एक अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँलाई वृद्धि गरी एक अर्ब ३१ करोड २७ लाख ८४ हजार पाँच सय ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि कम्पनीले पारित गर्नेछ ।
कम्पनीले चुक्ता पुँजीको नौ दशमलव पाँच प्रतिशतका दरले हुनआउने ११ करोड ३८ लाख ९४ हजार चार सय ५० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।