काठमाडौं, फागुन ९
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डल र अर्थसचिव शिशिर ढुङ्गानाबीच फेयर ट्रेड, सवारीसाधन तथा स्पेयर पार्टसको आयात सन्दर्भमा देखिएका समस्याहरुबारे छलफल भएको छ । सचिव ढुङ्गानाले भन्सार, भीसीटीएस र करका सम्बन्धमा नाडाले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेकोमा धन्यवाद दिँदै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने आश्वासन समेत दिए ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले ढुंगानालाई बधाई तथा शुभकामना दिए । उक्त भेटघाटमा नाडाका उपाध्यक्षद्वय करण चौधरी र आकाश गोल्छाले अटोमोबाइल व्यवसायमा हाल देखा परेका समसामयिक समस्याहरुबारे आआफ्नो धारणा राखेका थिए । महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउनेबारे पनि आफ्नो धारणा राखे ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको १० सदस्यीय नाडा प्रतिनिधि मण्डलले अर्थसचिव ढुंगानासँग भेटी फेयर ट्रेड, सवारीसाधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरुबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
सो भेटघाटमा अध्यक्ष कृष्णप्रसाद दुलाललगायत उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।