काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७८ मा आएको बाढी पहिरोको कारणले भएको क्षतिअन्तर्गत दाबीबापत मादी पावर प्रालिलाई १२ करोड तीन लाख नौ हजार तीन सय ५२ रुपैयाँ भुक्तानी गरेको छ ।
उक्त रकमबराबरको चेक मादी पावर प्रालिका जनरल म्यानेजर बी जोन्छाउलाई सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तरण गरेका हुन् । सगरमाथा इन्स्योरेन्स कम्पनी दाबी भुक्तानीमा संमेदनशील रही आफ्नो ग्राहकहरूलाई यथाशक्य चाँडै दाबी भुक्तानी गर्न प्रयत्नशील रही आएको जानकारी दिएको छ । कम्पनीले यस आर्थिक वर्षमा एक अर्ब ५३ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको जानकारी दिएको छ ।