काठमाडौं । सेयर बजार परिसुचक पुन १९ सय बिन्दुमा झरेको छ । यसअघि दुई हजार अंक माथि रहेको बजार परिसुचक आज सोमबार ७७ दशमलव एक अंकले ओरालो लागेर १९ सय १५ दशमलव ६१ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव तीन अंकले ओरालो लागेर तीन सय ६६ दशमलव ८६ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४५ हजार एक सय ९६ पटकको कारोबारमा ६३ लाख १३ हजार छ सय ४१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल सेयर कारोबार रकम दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैंयाँ कायम रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।