काठमाडौं । बारा जिल्ला कलैया उपमहानगरपालिका १ का शुभकामना नर्सरीका सञ्चालक अजय कुमार कुशवाहालले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रमअन्तर्गत बाँसको बिरुवा खरिदमा व्यापक अनियमितता गरेको आरोप लागेको छ । सोसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
सञ्चालक कुशवाहाले जिल्ला वन कार्यालय, बाराअन्तर्गत वरियापुर नर्सरीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रमअन्तर्गत बाँसको बिरुवा खरिदमा व्यापक अनियमितता गरेको आरोपमा अख्तियारले उनीमाथि अनुसन्धान गर्दा अनियमितता भएको पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले उनीविरुद्ध तीन लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय हुन मागदाबी लिई भ्रष्टाचारको मुद्दा दर्ता गराएको हो ।