काठमाडौं । श्वेतगंगा हाइड्रोपावर कम्पनीले २३ करोड ८९ लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको जारी पुँजी एक अर्ब ५९ करोड ३० लाख रुपैयाँबाट १५ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २३ लाख ८९ हजार पाँँच सय कित्ताबराबरको साधारण सेयर बिक्री गर्नलागेको हो ।
बिक्री गरिने कुल सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १९ हजार चार सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याई बाँकी सर्वसाधारणमा बिक्री गरिने कम्पनीको भनाइ छ । अधिकृत पुँजी एक अर्ब आठ करोड, जारी पुँजी एक अर्ब ११ करोड ५१ लाख रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब ५१ करोड ३० लाख रुपैयाँ पुग्नेछ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत यही साउन ४ गतेबाट खुल्ला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते बन्द हुने कम्पनीले जानकारी दिएको छ ।