काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ७७ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ११ दशमलव ६८ अंकले उकालो लागेर १९ सय २७ दशमलव २८ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य नौं अंकले उकालो लागेर तीन सय ६८ दशमलव ९५ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको ३० हजार छ सय ९६ पटक कारोबार भएको छ । जसबाट ४९ लाख ६७ हजार पाँच सय ६१ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम एक अर्ब ७० करोड ७७ लाख ५२ हजार नौं सय ७८ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।