काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बुधबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरेबमोजिम सेयरधनीहरूलाई कर प्रयोजनको लागि शून्य दशमलव पाँच नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको कम्पनीले जानकारी दिएको छ । त्यस्तै विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी एक अर्ब २५ करोडबाट वृद्धि गरी तीन अर्ब कायम गर्ने, चुक्ता पुँजीको नौ दशमलव पाँच प्रतिशतले खुद हुनआउने बोनस सेयर वितरण गर्ने, मर्जरसम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ ।
त्यसैगरी, संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने चार जना सञ्चालक पदमा विश्व राज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी बिकास बैंक लि.) निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।