काठमाडौं । प्रहरीले क्रिप्टोकरेन्सी कारोबारी अमित श्रेष्ठलाई पक्राउ गरेको छ । ३३ किलो सुन काण्डमा समेत मुछिएका विशाल सिमेन्टका पूूर्वसञ्चालक श्रेष्ठलाई अवैधरूपमा क्रिप्टोमा लगानी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयले श्रेष्ठको अवैध रूपमा क्रिप्टोमा लगानी गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरीले बुधबार श्रेष्ठको पानीपोखरीस्थित निवासमा छापा समेत मारेको थियो । श्रेष्ठले आफू र परिवारको नाममा क्रिप्टोमा ठूलो लगानी गरेको प्रहरीको भनाइ छ । उनी लामो समय क्यानडा बसेर केही दिनअघि मात्र नेपाल आएका हुन् ।