काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बुधबार बिहान आठ बजे बसेको सञ्चालक समितिको १०८औँ बैठकले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारीपत्रकोे मस्यौदा स्वीकृत गरेको जानकारी दिएको छ ।
उक्त बैठकले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरत कुमार तोदीलाई अख्तियारी प्रदान गर्ने तथा बीमा समितिलगायत सम्बन्धित निकायहरूमा आशयपत्र पेस गर्ने निर्णय गरेको छ ।
सोहीअनुसार बुधबार बिहान नौ बजे मेरियट होटल, नक्साल, काठमाडौंमा एक समारोहका बीच रिलायन्स लाइफ र सानिमा लाइफबीच एक–आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो प्रारम्भिक समझदारीपत्रमा रिलायन्स लाइफको तर्फबाट सञ्चालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट सञ्चालक घनश्याम थापाले हस्ताक्षर गरेका हुन् ।
cxदायित्व तथा सम्पत्ति मूल्यांकनपश्चात् अन्यथा नभएमा एकबराबर एकको स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमति गरिएको छ । उक्त समारोहमा रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो ।