काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १४ दशमलव ७१ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार भने सात दशमलव ९३ अंकले उकालो लागेर दुई हजार नौं दशमलव ४६ अंकमा पुगेको छ । यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७७ अंकले बढेर तीन सय ८५ दशमलव ९१ बिन्दुमा चढेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २१ हजार छ सय १५ पटकको कारोबारमा ४० लाख ५१ हजार सात सय ७१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार आठ सय ३३ रुपैंयाँ पुगेको छ । यसदिन कारोबार भएका कुल उपमुहहरु मध्ये पाँच वटा उपसमुहहरुको सुचक बढेका छन् भने छ वटा उपसमुहहरुको सुुचक घटेका छन् ।