काठमाडौं । चालु आर्थिक बर्षको सुरुवात मै सेयर बजार परिसुचक सकारात्मक देखिएको छ । चालु आर्थिक बर्षको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक एक दशमलव ९३ अंकले उकालो लागेर दुई हजार ११ दशमलव ३९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य दुई अंकले उकालो लागेर तीन सय ८५ दशमलव ९३ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २५ हजार नौं सय २४ पटकको कारोबारमा ३० लाख ४५ हजार आठ सय ८९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ३२ करोड २४ लाख ८८ हजार ८३ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये पाँच वटा उपसमुहरुको सुचक उकालो लागेका छन् भने आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।