काठमाडौं । नेपाल बैंक लिमिटेडले आकर्षक निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार उच्च ब्याजदरसहित आकर्षक विशेषताहरू भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याइएको हो ।
उक्त बचत खातामा वार्षिक आठ दशमलव तीन प्रतिशत ब्याजदर रहेको छ भने १० लाख रुपैयाँसम्मको निःशुल्क दुर्घटना बीमा सुविधा पनि रहेको छ । यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेविट र क्रेडिट कार्ड, निःशुल्क डिजिटल बैंकिङ सुविधा पाउनेछन् ।
यसबाहेक लकर सुविधामा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट खाता तथा सी–आस्वालगायतका सुविधाहरू पाउनेछन् । बैंकले हाल नेपालभर दुई सय १९ वटा शाखाहरू, एक सय ८२ एटीएमका साथै ४७ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा पु¥याइरहेको जानकारी दिएको छ ।