काठमाडौं । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले आफ्नो स्थापनाको २९औँ वार्षिकोत्सव मनाएको छ । लाजिम्पाटमा आयोजित उक्त कार्यक्रममा विभिन्न युनिभर्सिटीका नेपाल प्रतिनिधि, अतिथि र प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको विभिन्न ब्रान्च प्रतिनिधिहरू सहभागी थिए ।
साउदर्न क्रस युनिभर्सिटीकी कन्ट्री मेनेजर नेपाल, भुटान, बङ्गलादेश, नर्थ एण्ड नर्थ इष्ट इन्डिया सुबी प्रधानले वार्षिकोत्सवको अवसरमा नेपाली विद्यार्थीलाई विश्वमा चर्चित विश्वविद्यालयमा अध्ययन गर्न अवसर प्रदान गर्दा खुसी लागेको बताइन् । उनले विश्वमा चर्चित विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा राम्रो अध्ययनका कारण विश्वमा नाम फैलाउने गरेको समेत बताइन् ।
प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीका अधिकारीहरुले भने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गरेको र भविष्यमा पनि अझ स्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा युनिभर्सिटीका क्लाइन्ट सर्भिस नेपाल, भुटान, बङ्गलादेश फुर्बु तासी लामा, यूटीएस कलेजकी रिजनल पाटर््नर मेनेजर, सबकन्टिनेन्ट अपराजिता सिङ मल्ल, नभितासकी एरिया मेनेजर नेपाल, सृष्टि भट्टराईलगायतले विदेशमा प्राप्त गर्ने उच्च शिक्षा नेपालमा प्रयोग गरेमा मुलुकको विकासमा योगदान पुग्ने बताए ।