काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आठ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीयवासीहरूको लागि हाल कायम रहेको जारी पुँजी ८५ करोड रुपैयाँमध्येबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
बिक्री प्रबन्धक बीओके क्यापिटलमार्फत यही साउन छ गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य छिटोमा साउन २० गते र ढिलोमा भदौ पाँच गते बन्द हुनेछ । अधिकृत पुँजी ८५ करोड तथा जारी पुँजी ८५ करोड रुपैयाँ रहेको कम्पनीको आयोजना प्रभावित क्षेत्रका जनता र सर्वसाधारणको लागि छुट्याएको साधारण सेयर समेत बिक्री गरेपश्चात भने कम्पनीको चुक्ता पुँजी ८५ करोड रुपैयाँ नै पुग्नेछ ।