काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाली सेनाको जंगी अड्डामा एक्सटेन्सन काउन्टर सञ्चालनमा गरेको छ । बैंकले साउन एक गतेदेखि सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डा भद्रकाली काठमाडौंमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
कार्यक्रमको आयोजना गरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका बिग्रेडियर जनरल विजय थापाले संयुक्तरूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, सैनिक शाखाका शाखा प्रबन्धक कृष्णहरि गौतम एवं नेपाली सेनाका उच्च अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।
बैंकले हाल देशभर दुई सय १९ वटा शाखाहरू, एक सय ८२ वटा एटीएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पु¥याइरहेको जानकारी दिएको छ ।