काठमाडौं । उल्फ एयर मास्क नेपाली बजारमा बिक्रीवितरण सुरु भएको छोटो समयमा नै बजारमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ । यसै क्रममा गत शुक्रबार गुण सिनेमाअन्तर्गतको दरबार सिनेम्याक्सले आफ्नो सिनेमा हलहरुमा उल्फ एयर मास्क जडान गरेको छ ।
यसले सिनेमा हलका दर्शकहरुलाई कोरोनालगायतका भाइरसहरुबाट सुरक्षा प्रदान हुने बताइएको छ । प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठ र दरबार सिनेम्याक्सका कार्यकारी निर्देशक दिप्रश शाक्यबीच भएको सम्झौताअनुसार उल्फ एयर मास्क–१००० स्क्वायर फिटका पाँचवटा डिभाइस उक्त सिनेमा हलमा लगाइएको छ । उक्त प्रडक्ट दरबार सिनेम्याक्समा जडान गर्नु अगाडी ७२ एयर क्वालिटी इन्डेक्स पियम २.५ : २२ युजी प्रति मेट्रिक क्युब देखाइरहेको थियो भने जडानपश्चात् १२ एयर क्वालिटी इन्डेक्स र पियम २.५ः ४ युजी प्रतिमेट्रिक क्युब देखाएको थियो । जडान गरेको चारदेखि पाँच घण्टाभित्र नै उक्त प्रडक्टले रिजल्ट देखाएको थियो ।
यो प्रडक्ट सातदेखि १० वर्षसम्म प्रयोग गर्न सकिनेछ भन्ने कुरा कम्पनीका सहायक निर्देशक रोजन श्रेष्ठले बताए । जर्मन टेक्नोलोजी प्रयोग गरेर ‘अल अबाउट इनोभेसन्स’ नामक संस्थाद्वारा भारतमा उत्पादन गरिएको मास्कबाट हावामा रहेको विकार, किटाणु तथा अशुद्धतालाई ९९.९ प्रतिशत नष्ट गरी सास फेर्नलायक हावा प्रवाह गर्ने उक्त उल्फ एयर मास्क पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गरी बनाइएको छ ।