काठमाडौं । स्वेत गंगा हाइड्रोपावर कम्पनीको २३ करोड ८९ लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले हाल कायमर हेको जारी पुँजी एक अर्ब ५९ करोड ३० लाख रुपैयाँमध्येबाट १५ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २३ लाख ८९ हजार पाँँच सय कित्ताबराबरको साधारण सेयरको बिक्री खुला गरेको हो ।
बिक्री खुला भएको कुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् एक लाख १९ हजार चार सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याई बाँकी सर्वसाधारणमा बिक्री गरिने कम्पनीको भनाइ छ । अधिकृत पुँजी एक अर्ब आठ करोड, जारी पुँजी एक अर्ब ११ करोड ५१ लाख रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब ५१ करोड ३० लाख रुपैयाँ पुग्नेछ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत यही साउन ४ गतेबाट खुला भएको साधारण सेयरको बिक्रीकार्य छिटोमा साउन आठ गते र ढिलोमा साउन १८ गते बन्द हुने कम्पनीले जानकारी दिएको छ ।