काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो चार दशमलव ८९ अंकले उकालो लागेको सेयर बजार साताको पाँचौं कारोबार दिन आज बिहिबार भने पाँच दशमलव ८७ अंकले ओरालो लागेर दुई हजार ४४ दशमलव ७२ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ६४ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २७ हजार पाँच सय २२ पटकको कारोबारमा ३९ लाख आठ हजार तीन सय ९५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ६४ करोड २६ लाख ४८ हजार पाँच सय ८७ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहह्रुको सुचक ओरालो लागेका छन् ।