काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बारेमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको समयअवधि सात दिन थप गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले समितिको समयावधि सात दिन थप्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो । चालू आर्थिक वर्ष २०७९÷०८० को बजेट आउनु अघिल्लो दिन राति गत जेठ १४ गते अर्थ मन्त्रालयभित्र बाहिरका मानिस ल्याएर करका दरहरु परिवर्तन गरेको आरोप शर्मामाथि लागेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम समितिको समयावधि थपसम्बन्धी प्रस्तावमा सात दिनका लागि थप गर्ने प्रस्ताव पेश गरेका थिए । समितिको समयावधि थप गर्ने सभामुखको प्रस्तावमा बैठकले सहमति जनाएको थियो ।