काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ । कम्पनीले आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हितकारीहरूको सुरक्षाको निम्ति आफ्ना जोखिमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ । आगामी दिनहरूमा पनि कम्पनीले आफ्ना परिसूचकहरू अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी अझै प्रतिबद्ध रहेको जनाएको छ ।
कम्पनीले १४० वटा शाखा कार्यालयबाट बीमितहरूलाई सेवा प्रदान गर्दै आइरहेकोे छ । साथै कम्पनीमा २७ हजारभन्दा धेरै अभिकर्ताहरू आबद्ध रहेका छन् । कम्पनीले नवीनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको बेबसाइट र मोबाइल एप्समा राखिएको च्याटबोटमार्फत बीमित तथा अभिकर्ताहरूका लागि उपयोगी हुँने विविध सेवा तथा सूचनाहरू प्रदान गर्दै आएको छ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्षअगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आईएमई बैंक, आईएमई गु्रपलगायत ठूला प्रतिष्ठित व्यावसायिक समूहहरूको लगानी रहेको छ ।