काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले एकैदिन दुईवटा मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने, शेष अनसारुल हकको मृत्युदाबीबापतको रकम उनको इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुनलाई मृत्युदाबीबापतको १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
साथै तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को श्री हेमराज लिम्बुको मृत्युदाबीबापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बुलाई मृत्युदाबीबापत जम्मा १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बीमा समितिले आव २०७८/०७९ लाई बीमादाबी भुक्तानी वर्ष घोषित गरेको र सोहीअनुरूप कम्पनीले आव २०७८/०७९ मा दर्ता भएका सम्पूर्ण मृत्युदाबी फछर्यौट गरी सो आवमा मृत्युदाबी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए । साथै यस आवमा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।