काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराले २१, लाख दुई हजार रुपैयाँको चेक बीमितको हकवालालाई हस्तान्तरण गरेको हो ।
कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा २०७८ साल भदौ ३० गते २० लाख बीमांकको जीवन बीमा गरेका पर्वत जिल्ला माहाशीला गाउँपालिका वडा नम्बर १, स्थायी घर भई हाल पोखरा महानगरपालिका पोखरा १५ बस्ने राजु गुरुङ भन्ने यम प्रसाद गुरुङको उपचारका क्रममा असामयिक निधन भएको हुँदा उनको धर्मपत्नी मोतिमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं वरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिलसिनाले सयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा क्षेत्रीय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाख बत्ती बालेजस्तै हरेक घरमा अभिकर्ताले जीवन बीमाको दियो बाल्नुपर्ने बताए । सो कार्यक्रममा वरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले जीवन बीमाले व्यक्ति नै फिर्ता ल्याउन नसके पनि उसको आम्दानीलाई बचाइराख्न जीवन बीमामा लगानी गर्नुपर्ने कुरामा जोड दिए ।
उक्त कार्यक्रममा कम्पनीका बरिस्ठ मार्केटिङ अधिकृत प्रकाश रेग्मी, अन्डरराइटिङ विभागमा कार्यरत यमुना श्रेष्ठ, देवेन्द्र अधिकारी, त्यसैगरी सिनियर एजेन्सी मेनेजर कृष्ण बहादुर भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, एजेन्सी मेनेजर विनिता सुवेदी भण्डारी, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी मेनेजर गणेश कुमार श्रेष्ठ, साथै अभिकर्ता गौमती गुरुङ, अभिकर्ता शान्ता खाँणलगायतको उपस्थिति रहेको थियो ।