काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २३ दशमलव ८३ बिन्दुले उकालो लागेको सेयर बजार परिसुचक साताको पाँचौं कारोबार दिन आज बिहिबार पुन १५ दशमलव ४९ अंकले उकालो लागेर २१ सय २७ दशमलव ४७ बिन्दुमा उक्लिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव सात अंकले उकालो लागेर चार सय पाँच दशमलव ६२ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुको सेयर खरिद –बिक्री भएका छन् । जसअन्र्तगत ७२ हजार चार सय ५० पटकको कारोबारमा एक करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार एक सय पाँच रुपैैंयाँ कायम पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।