काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नैं बजार परिसुचक ५४ दशमलव ५८ अंकले उकालो लागेर २१ सय ९५ दशमलव १० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ७२ अंकले उकालो लागेर चार सय १९ दशमलव २० बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ६७ हजार सात सय ४० पटकको कारोबारमा एक करोड १३ लाख ३९ हजार चार सय ७६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम चार अर्ब ६० करोड ९७ लाख ९१ हजार दुई सय ७२ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये फाईनान्स उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।