काठमाडौं । बेनेली नेपालले सिर्जनाकर्ता, निर्माताहरू र भिडियोग्राफी प्रयोग गरेर आफ्ना रचनात्मक विचारहरूलाई जीवन्त बनाउन मन पराउने व्यक्तिहरूका लागि मोटोभ्लगर्स सम्मेलनको आयोजना गरेको छ ।
शनिबार आयोजित बेनेली मोटोभ्लगर्सको भेटमा ४० भन्दा बढी मोटोभ्लगर्सहरू सहभागी भएका थिए । बैठकले मोटोभ्लगर्सहरूलाई सडक सुरक्षा, गैरकानुनी परिमार्जनहरूबारे शिक्षा दियो भने मोटोभ्लगर्सहरूले पनि आफ्नो यात्रा साझा गरे र आफ्नो समुदायको पहिचानको आनन्द उठाएका थिए ।
बेनेलीले कार्यक्रममा ७५२ एस, टीएनटी६००आई, ३०२ एस, टीआरके२५१ र पानारा१२५ जस्ता फ्ल्यागशिप मोडलहरू पनि प्रदर्शन गरेको थियो । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेड नेपालमा बेनेली र किवे ब्रान्डको आधिकारिक वितरक हो । हाल यसले थ्रीएस सुविधासहित २६ आउटलेटहरूको डिलर नेटवर्क सञ्चालन गरिरहेका छन् ।