काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको आइतबार सम्पन्न सञ्चालक समितिको एक सय १३औँ बैंठकको निर्णयअनुसार क्यापिटलको छैटौँ वार्षिक साधारणसभा यही भदौ आठ गते कम्पनीको कार्यालय थापाथलीमा गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५५ प्रतिशत (करसहित)का दरले हुनआउने ११ करोड रुपैयाँबराबरको नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्नेेलगायतका प्रस्तावहरूउपर छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ ।