काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा २५ करोड पाँच लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ रहेको बैंकले आर्थिक वर्ष २०७८–०७९ मा दुई अर्ब ९६ करोड १२ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब २४ करोड २१ लाख ४५ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको छ । सो अवधिमा ५६ करोड ७८ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको प्रोभिजन रकम एक करोड ६७ लाख ३४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब १३ करोड ८६ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब १६ करोड २६ लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४५ करोड ३१ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ८९ लाख ४८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ६६ प्रतिशत रहेको थियो ।