काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, काठमाडौंबीच सम्झौता भएको छ । दुवै संस्थाहरूबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, काठमाडौंको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरूले बीमालेखको सीमासम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, काठमाडौंबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त सक्नेछन् ।