काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई ‘नो डाटा नो प्रोब्लम’ योजनाअन्तर्गत मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ ।
यो योजनाअन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरूले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनुहुनेछ । मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले एपमा रहेका सबै सेवाहरू जस्तैः फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असीमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउनुहुनेछ । यो योजना १ अगष्ट, २०२२ देखि लागू भएको छ ।
बैंकले डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको हो । बैंकको देशको सातवटै प्रदेशमा एक सय २७ वटा शाखा कार्यालय तथा एक सय २० वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।