काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–०७९ मा ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ४१ करोड ८० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब एक करोड छ लाख ६९ हजार रुपैयाँ रहेको बैंकले आव २०७८–०७९ मा ४८ अर्ब ७७ करोड ५३ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ८४ करोड २५ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ७४ करोड ७९ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ५९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ३४ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने बैंकले ४१ अर्ब ७९ करोड ७३ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब चार करोड ४७ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २० करोड ६५ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २९ प्रतिशत रहेको थियो ।