काठमाडौं । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ट सेवा र सुविधामा मात्र सीमित नरहेर आफ्ना ग्राहकहरूलाई उपलब्ध गराउन सकिने थप सुविधाहरूमा केन्द्रित भएर अझै धेरै साझेदारहरूसँग समन्वय गरी आफ्ना ग्राहकवर्गलाई विशेष छुटको व्यवस्था गरेको छ ।
सिभिल बैंकका ग्राहकहरूले अब निम्नलिखित साझेदारहरूबाट विभिन्न वस्तु तथा सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट मोबाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा निम्नबमोजिमका आकर्षक छुटहरू पाउने व्यवस्था गरेको छ ।
बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरूसँग ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरूमा यसको परिधि बढाई अन्य संघसंस्थाहरूसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ बिजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्टले बताए ।
करिब आठ लाख ग्राहकहरूलाई एक सय १५ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरू र ९९ एटीएम रहेका छन् । साथै बैंकले गत असार मसान्त सम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।
