काठमाडौं, फागुन १३ नागरिक लगानी कोषले २३ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कोष सञ्चालक समितिको पछिल्लो पटक बसेको बैंठकले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत अर्थात् २९ करोड ५८ लाख ७१ हजार तीन सय सात रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत अर्थात् एक करोड ५५ लाख ७२ हजार एक सय ७४ रूपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैंठकले गरेको निर्णय कोषको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् कार्यान्वयनमा आउनेछ ।