काठमाडौं, फागुन १३
नाडेप लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड १९ लाख २४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ४२ लाख ७० हजार रूपैयाँ रहेको थियो ।
चुक्तापुँजी ३६ करोड ८० लाख रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३१ करोड नौ लाख ९२ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब १४ करोड २० लाख १७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ८० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ७६ लाख ४१ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात चार दशमलव ७९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९६ करोड ८५ लाख छ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २८ करोड ७४ लाख सात हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ९७ लाख १० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।