काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत यही सायन ३१ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी २४ करोड ६७ लाख ४० हजार रुपैयाँबराबरको २४ लाख ६७ हजार चार सय कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशत अर्थात् ४९९ हजार तीन सय ४८ कित्ता कर्मचारीको लागि, पाँच प्रतिशत अर्थात् एक लाख २३ हजार तीन सय ७० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी २२ लाख ९४ हजार छ सय ८२ कित्ता सर्वसाधारणाको लागि छुट्याइएको कम्पनीले जानकारी दिएको छ ।
सर्वसाधारणहरूको न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । हाल चुक्ता पुँजी ३२ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर बिक्रीकार्य छिटोमा यही भदौ पाँच गते र ढिलोमा यही भदौ १४ गते बन्द हुनेछ ।