काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा तीन करोड ८८ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाले आठ करोड ५७ लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा एक अर्ब १८ करोड ३१ लाख आठ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४६ करोड ८५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड १८ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ९१ करोड ६४ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९५ करोड ११ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २४ करोड ६८ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।