काठमाडौं । फाइनान्स कम्पनीहरुम शून्य दशमलव ५४ देखि १४ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक अपरिष्कृत विवरणअनुसार सबैभन्दा बढी अर्थात् १४ दशमलव सात प्रतिशत निष्क्रिय कर्जा नेपाल फाइनान्समा र सबैभन्दा कम अर्थात् शून्य दशमलव ५४ प्रतिशत निष्क्रिय कर्जा आईसीएफसी फाइनान्समा देखिएको हो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः २० दशमलव ५२ र एक दशमलव १८ प्रतिशत थियो । जानकी, गोर्खाज र समृद्धि फाइनान्समा भने आव २०७८/०७९ मा क्रमशः सात दशमलव ८३, सात दशमलव ५२ र चार दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव १५, १० दशमलव ९१ र पाँच दशमलव १० प्रतिशत रहेको थियो ।

यसैगरी प्रोग्रेसिभ, सेन्ट्रल र रिलायन्स फाइनान्समा पनि आव २०७८/०७९ मा क्रमशः दुई दशमलव ७८, दुई दशमलव ५२ र दुई दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा भने यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ४६, एक दशमलव ७२ र दुई दशमलव ६९ प्रतिशत थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा गुडविल, बेष्ट र मञ्जुश्री फाइनान्समा भने क्रमशः दुई दशमलव ३०, दुई दशमलव २४ र दुई दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय देखिएका छन् । अघिल्लो आवमा भने यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव २१, १२ दशमलव ८३ र दुई दशमलव एक प्रतिशत रहेको थियो । अपरिष्कृत वित्तीय विवरणअनुसार आव २०७८/०७९ मा पोखरा, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीमा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः एक दशमलव ३७, शून्य दशमलव ७६ र शून्य दशमलव ६० प्रतिशत देखिएको छ ।
अघिल्लो आवमा भने यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव शून्य चार, शून्य दशमलव ३३ र शून्य दशमलव ८९ प्रतिशत थियो ।