काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवाका स्थानीयवासीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन करोड ६५ लाख रुपैयाँबराबरको तीन लाख ६५ हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहनिष्काशन तथा बिक्री प्रबन्धकहरूमा सनराइज क्यापिटल र एनएमबी क्यापिटल लिमिटेड रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको यही भदौ पाँच गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य छिटोमा भदौ १९ गते र ढिलोमा असोज चार गते बन्द हुने कम्पनीले जानकारी दिएको छ । खरिदकर्ताहरूले भने न्यूनतम १० देखि अधिकतम सात सय कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।