काठमाडौं, फागुन १३
आरएमडीसी लघुवित्त वित्तीय संस्थाले कालोपुलस्थित अनाथ बालबालिकालाई आश्रय दिएको समुदाय, वातावरण तथा बाल विकास संघ (ओसिड) नेपाललाई सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त संस्थलाई नगद तथा खाद्य सामग्री सहयोग गरेको हो । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले ओसिड नेपालका अध्यक्ष विभोरलाल श्रेष्ठलाई ५० हजार रूपैयाँबराबरको खाद्य सामग्री र ओसिड नेपालको नाममा ५० हजार रूपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुुन् । उक्त हस्तान्तरण कार्यक्रममा आरएमडीसीका वरिष्ठ प्रबन्धकद्वय अन्नपूर्ण श्रेष्ठ, रूपबहादुर खड्का, प्रबन्धक ज्ञानुमाया भण्डारी र उक्त संस्थाका उपाध्यक्ष शशि श्रेष्ठलगायत अन्य पदाधिकारी तथा सोही संस्थाका अनाथ बालबालिकाहरूको उपस्थिति रहेको थियो ।