काठमाडौं । सानिमा बैंकले तीजको कोसेली योजना सार्वजनिक गरेको छ । बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको जानकारी दिएको छ ।
बैंकका अनुसार उक्त योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरूलाई डेबिट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, युएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने छ । साथै, ग्राहकहरूले लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नसक्ने बैंकले बताएको छ ।
यो योजना भदौ एक गतेदेखि १५ गतेसम्म लागू हुनेछ । साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ । सानिमाको देशको सातै प्रदेशमा एक सय २७ वटा शाखा कार्यालय तथा एक सय २० वटा एटीएम काउन्टहरू सञ्चालनमा रहेका छन् ।