काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
यो सम्झौतापश्चात् ग्राहकहरूले मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टमा उपलब्ध हुने सेवाहरूमा एकमुस्ट १० प्रतिशतको छुट पाउन सक्नेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोटले बाँकेको नेपालगंजबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।
हालसम्म बैंकले एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।