काठमाडौं । सेयरबजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन २४ दशमलव ८३ अंकले ओरालो लागेको बजार परिसुुचक साताको चौंथो कारोबार दिन बुधबार पुन शुन्य दशमलव ३६ अंकले ओरालो लागेर दुई हजार ४० दशमलव ७० बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने यसदिन शुन्य दशमलव २८ अंकले उकालो लागेर तीन सय ९४ दशमलव ६७ बिन्दुमा चढेको छ । यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २६ हजार एक सय ९९ पटकको कारोबारमा ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा यसदिन कुल सेयर कारोबार रकम एक अर्ब ४० करोड ५९ लाख ७४ हजार दुई सय ५६ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरुको सुचक मध्ये छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।