काठमाडौं । केएनपी नेरोल्याकले ‘पर्वसँगै रङ्गमा दङ्ग’ भन्ने चाडपर्व अफर सार्वजनिक गरेको छ । यो ग्राहककेन्द्रित अफर विशेष गरी चाडपर्वको लागि ७५ हजार रुपैयाँको खरिदमा मान्य छ, जुन इम्प्रेसन २४ क्यारेट वा माइका माबर्ल वा एक्सेल टोटल वा ब्यूटी गोल्ड वासेबल वा चारै वटाको संयुक्त मात्रामा पाउन सकिनेछ ।
यस्तै ग्राहकहरुले केएनपी नेरोल्याकबाट तीनवटा विशेष उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । कम्पनीले माथि उल्लिखित मापदण्ड पूरा गर्ने हरेक खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकोले पहिलो प्रस्ताव एक निश्चित उपहार हो । त्यसैगरी, दोस्रो उपहार कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच उपलब्ध गराउने दाबी गरको छ भने अन्तिममा पाँच लाख रुपैयाँको एक जनालाई बम्पर उपहार पनि रहेको छ । यी दुई उपहारको विजेता लक्की ड्रमार्फत तय गरिने कम्पनीले जनाएको छ ।
केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान सञ्चालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ । सोही उत्साहलाई कायम राख्न अझै यस्ता थप अफरहरु ल्याउने कम्पनीको दाबी छ ।