काठमाडौं । ललितपुरको कुसुन्तीमा रहेको माछापुच्छ्रे स्कुलले ‘अन्तर्राष्ट्रिय ब्याकुलारिएट’ (आईबी) प्रणाली ल्याएको छ । शैक्षिक प्रणालीअन्तर्गत युरोपियन र अमेरिकी मुलुकहरुले प्रदान गर्ने व्यावहारिक शिक्षा प्रणालीलाई माछापुच्छ्रे स्कुलले पनि आत्मसात् गरेको हो ।
सो शैक्षिक प्रणालीको विषयमा जानकारी दिन गत बिहीबार ललितपुरमा गरिएको पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष डा. विनोदप्रसाद यादवले यो प्रणालीबाट विद्यार्थीलाई अध्ययन गराउँदा विद्यार्थीले आफ्नो जीवनमा अध्ययन गरेको विषय सदैव प्रयोग गर्न सक्ने क्षमताको विकास हुने बताए । विद्यार्थीहरुलाई रटान तथा घोकन्ते अध्ययनशैलीको अन्त्य गर्न र विद्यालयमा सिकेको ज्ञान व्यवहारमा लागु गर्नका लागि ‘अन्तराष्ट्रिय ब्याकुलारिएट’ प्रणाली उत्तम रहेको अध्यक्ष यादवले बताए । राम्रा भनिएका मुलुकमा प्रमाणित भइसकेको र अहिले पनि अभ्यासमा रहेको हुँदा सो प्रणाली अबलम्बन गरेको उनको भनाइ छ । सोसँगै अब माछापुच्छ्रे विद्यालयले बालबालिकाको सिकाइ क्षमता र सिक्ने स्वभावको पहिचान गरी सोहीअनुरूपको अन्तरास्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने भएको छ । यसले अभिभावकलाई समेत विद्यालयप्रति आकर्षण बढ्ने विद्यालय परिवारको भनाइ छ ।
माछापुच्छ्रे स्कुल सन् १९९५ मा स्थापना भएको थियो । शिक्षाविद् डा. विनोद प्रसाद यादवले अक्टोबर २०१५ मा माछापुच्छ्रे स्कुलको स्थापना गरेका थिए । यस विद्यालयमा रहेका लाइब्रेरी, फिजिक्स, केमिस्ट्री, बायोलोजी ल्याब, कम्प्युटर ल्याब, भाषा ल्याब, आर्ट एण्ड क्राफ्ट कक्षाकोठा, चमेना गृह, सफा पिउने पानीको व्यवस्था, प्रसस्त खेल मैदान, प्राथमिक उपचार कक्ष, किन्डरगार्डेनको लागि छुट्टै खेल मैदान किड ल्याब, स्मार्ट कक्षा कोठाले गर्दा वालवालिकाले स्वच्छ र स्वस्थ वातावरणमा विश्व स्तरको शिक्षा पाउन सफल भइरहेको विद्यालयको दाबी छ ।