काठमाण्डौं,फागुन १४
सिद्धार्थ सिमेन्ट उद्योगले निर्माण सहकर्मीसँग बृहत् भेटघाट तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा, तनहुँ, लम्जुङ, बाग्लुङ, बेनी, काठमाडौं तथा भक्तपूर उपत्यकामा गरिएको थियो । सो कार्यक्रममा सिमेन्टको गुणस्तर र सिमेन्ट उत्पादन गर्दा प्रयोग हूने कच्चा पदार्थ तथा उत्पादन प्रकिया बारेमा अन्तक्र्रिया गरिएको थियो ।
सोही अवसरमा विभिन्न अन्तक्र्रियामा सहभागिताको आधारमा लक्की ड्र को कार्यक्रम गरिएको थियो । काठमाडौं तारकेश्वर नगरपालिकामा गरिएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहरा, उप–प्रमूख भवानी डोटेल तथा वडा सदस्यहरुबीच भएको कार्यक्रममा सिद्धार्थ सिमेन्ट उद्योगको तर्फबाट निर्देशक राहुल अग्रवालले सिमेन्ट प्रयोग गर्दा गूणस्तरमा ध्यान दिँदै यससँग समावेश गरिने रोडा, बालुवा तथा ढुङ्गा पनि गुणस्तरीय हुनुपर्नेमा जोड दिएका थिए ।