काठमाण्डौं,फागुन १४
एजी सर्भिस प्रालिको आयोजनामा नेपालगञ्जमा हुन गइरहेको दोस्रो नेपालगञ्ज महोत्सव २०७६ को तयारी तीव्र पारिएको छ । ‘समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पुर्वाधार’ भन्ने मूल नारासहित आगामी फागुन २१ गतेदेखि चैत २ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पुर्ण तयारी तीव्र पारिएको आयोजकले जनाएका छन ।
महोत्सवमा नेपालगञ्ज कोहलपुर सडक खण्डको विभिन्न स्थानमा गेट लगाउने, स्टल निर्माण, वाल उद्यान निर्माण र सजावटको कामलाई तीव्र पारिएको सचिवालय सदस्य गिरीको भनाई छ । कलाकारसहितको मेलाको प्रचा पम्पलेट टाँस्ने र अटोहरुमा जिङ्गल बजाएर विभिन्न स्थानमा प्रचार प्रसार समेत सुरु गरिएको सचिवालय व्यवस्थापन उपसमितिका संयोजक बसन्त मल्लले जानकारी दिए ।