काठमाडौं । एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैँ तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुसी’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले यो योजना बुधबारदेखि सीमित अवधिका लागि नेपालभर पाउने कम्पनीले जनाएको छ । ग्राहकहरुले टेलिभिजनको खरिदमा ४० हजार चार सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन् भने कभर्ड टेलिभिजनको खरिदमा १४ हजार सात सय रुपैयाँको छुटका साथै एक थान टिभी स्टिक उपहार पनि पाउन सक्नेछन । त्यस्तै वाशिङ मेसिन खरिदमा १९ हजार तीन सय रुपैयाँसम्मको छुटका साथै छ किलोको सर्फ एक्सेल वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन ।
यस्तै रेफ्रिजेरेटरको खरिदमा ३५ हजार सात सय रुपैयाँको छुट पाउन सक्नेछन् । त्यसैगरी एअर कन्डिसनरको खरिदमा ३५ हजार चार सय रुपैयाँसम्मको छुटका साथै चार हजार रुपैयाँबराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्नेछन् । साथै वाटर डिस्पेन्सरको खरिदमा चार हजार तीन सय रुपैयाँसम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा १४ हजार सात सय रुपैयाँ र साउन्ड बारको खरिदमा छ हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।